0 COMMENTS

काठमाडौं, २९माघ २०७४/ तीन नम्बर प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

मन्त्रिमण्डल विस्तारको क्रममा दुई मन्त्रीहरुले सपथ लिएका छन् । माओवादी केन्द्रका नेता एवम् प्रदेशसभा सांसद शालिकराम जम्मरकट्टेल र एमाले नेता केशव स्थापितले सपथ लिएका हुन् ।

सांसद जम्मरकट्टेलाई दोश्रो बरियतासहित आन्तारिक मामला तथा कानुन मन्त्रालय पाएका छन् भने स्थापितले पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सांसद जमरकट्टेलले पाएको आन्तारिक मामला मन्त्रालय गृह मन्त्रालय सो सरहको मन्त्रालय हो । दुवै मन्त्रीहरुलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ खु्वाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।