0 COMMENTS

काठमाडौँ २६माघ०७४/ टिकाथलीमा भूतको आतंक मच्चाउनेमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

‘भुत काण्ड’मा संलग्न रहेका अञ्जना उपाध्याय र ललिता चौधरीलाई प्रहरी कार्यालयमा बोलाएर प्रहरीले घटनाबारे बयान लिएको हो । उनीहरुसँग बयान लिने क्रम जारी रहेको सातदोबाटो प्रहरी वृत्तले जनाएको छ ।

घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग पनि यसबारे सोधपुछ भइरहेको सातदोबाटो प्रहरी प्रमुख विनोद सिलवालले जानकारी गराए । उनीहरुलाई मंगलबार बेलुका प्रहरीले कार्यालयमा झिकाएको थियो ।

घटनाबारे मंगलबार बेलुकाबाट सोधपुछ भइरहेको छ’ सिलवालले भने, ‘आज बुधबार पनि हामीले घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग सोधपुछको क्रमलाई जारी राखेका छौँ । के भएको हो ? साँच्चिकै भूतले तर्साएको हो या होइन भन्ने बारे सोधपुछ भइरहेको छ ।’

उनीहरुसँग बयान लिइसकेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा मुद्दा अघि बढ्ने सिलवालले बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख, डीआइजी पुष्कर कार्कीले भूतकाण्डको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही अगाडि बढाउन निर्देशन दिएका थिए । सोही बमोजिम प्रहरीले एक्शन लिएको हो ।चर्चामा आउनका लागि उनीहरुले भूत आतंक मच्चाएको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।