0 COMMENTS

उदयपुर,२४माघ०७४/ त्रियुगा नगरपालिका–११ गाईघाट पुरानो सब्जीबजार नजिक मंगलबार राति आगलागी हुँदा करिव १२ लाख रुपैयाँको क्षति भएको छ। विद्युत् ‘सट’ भई आगलागी हुँदा भक्तबहादुर दनुवारको दुई तले काठको घर, गहना, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। राति करिब १० बजे सुरु भएको आगलागी स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टराई जानकारी दिए। घरका सदस्य घरको तल्लो तल्लामा बसेर खानपिन तयार गरिरहेको अवस्थामा एक्कासी माथिल्लो तलामा आगो लागेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।