0 COMMENTS

काठमाडौं२४माघ०७४/ गृह मन्त्रालयले नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी मोहम्मद रहमान र एमडी मारुफ हुसेनलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

अध्यागमन विभागको सिफारिसमा गृह मन्त्रालयले नक्कली राहदानीमा नेपाललाई ट्रान्जिट बनाई युरोप छिर्न खोज्ने उनीहरूलाई ५ वर्ष नेपाल आउन नपाउने गरी निष्काशन गरेको हो ।

समाचारमा लेखिएको छ, उनीहरू पुस २३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पक्राउ परेका थिए ।पोर्चुगलको जाली राहदानीमा चीनको कुनमिङ हुँदै युरोप जाने क्रममा उनीहरू विमानस्थल अध्यागमनमा पुस १८ गते पक्राउ परेका थिए ।

विभागले उनीहरूलाई गत शुक्रबार बंगलादेश फिर्ता पठाएको छ। अध्यागमन विभागका निर्देशक राजुप्रसाद पौडेलले जाली राहदानीमा आएका दुई बंगलादेशीलाई निष्काशन गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।