0 COMMENTS

काठमाडौँ २३माघ०७४/बुढानिलकण्ठ नगरपालिकामा रहेकाे  चुड़ामणि शर्माको घरमा अज्ञात समूहले आक्रमण गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेकाे शर्माकाे घरमा अाज करीब दिउसाे २ बजेकाे समयमा लगभग दुइ सयकाे समुहमा अाएका अज्ञात समुहले नाराबाजी गर्दै  शर्माकाे घरमा ढुङ्गा मुडा गरी आक्रमण गरेका  छन ।अाक्रमण बाट शर्माकाे घरकाे शीसा तथा गेट फुटाएका छन  भने छिमेकी केही घरहरूकाे शीसा फुटेकाे छ भने घटनामा संलग्न रहेकाे अनुमान गर्दै बा ३ ख ९०९४ नम्बरको शंकास्पद गाडी नियन्त्रणमा लिएको प्रहरी स्रोतले बतायो ।

 घटनापछि स्थानिय त्रसित बनेका छन् अाक्रमणमा सम्पति सुद्दिकरणको नारा लगायतको एक स्थानीयले बताए।आक्रमणकारी को खोजि भै रहेको प्रहरीले जनाएको छ।गत असोजमा पनि शर्माको घरमा सिलिण्डर बम विस्फोटको प्रयास भएको थियो।

अकूत सम्पत्ती आर्जन गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा दोश्रो पटक पक्राउ परेका छन् यसै समयमा उनको घरमा भएको तोडफोड भएको हो।घटना बाट भएकाे  क्षती काे बीवरण भने अाउन बाकी रहेकाे छ  ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।