0 COMMENTS

काठमाण्डौं, २२ माघ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो फागुन ४ अघि नै सरकार छोड्ने तयारी गरिरहेका छन् । पारिवारिक ज्योतिषीले फागुन ४ गते अगाडि नै सरकार र सरकारी निवास छाड्न सुझाव दिएपछि प्रधानमन्त्री देउवा सोही अनुसार तयारी गरिरहेको समाचार स्रोतले जानकारी दिएको छ ।

उनका पारिवारिक ज्योतिष अंगीरश न्यौपानेले फागुन ५ गतेदेखि देउवा बालुवाटार बसेको नौ महिना लाग्ने भएकाले ४ गतेभित्रै सर्न सुझाव दिएको जनाइएको छ ।ज्योतिष शास्त्रमाथि अति नै विश्वास गर्ने प्रधानमन्त्री देउवाले बालुवाटार छोड्ने विषयमा पनि ज्योतिषीको सल्लाह लिएका हुन् । गत चुनावमा ज्योतिषीले आफूलाई ७ पटक प्रधानमन्त्री हुने भविश्यवाणी गरेको बताएका देउवालाई ज्योतिषीले पुनः प्रधानमन्त्री हुन मुगा र मणि जडित औंठी लगाएर बस्न पनि सुझाव दिएको समाचार स्रोत बताउँछ ।

गत २३ जेठमा चौथो पटक प्रधानमन्त्री निर्वाचित भएका देउवा ज्योतिषीको सल्लाह अनुसार नै असार ५ गते विहान ५ः२२ बजेको साइत जुराएर बालुवाटार सरेका थिए । जेठ २४ गते प्रधानमन्त्री पदको सपथ ग्रहण पनि ज्योतिषीले जुराएको साइतमा गराइएको थियो । ‘मुगा र मणि जडित औंठी लगाएर बसेमा फेरि प्रधानमन्त्री हुने योग देखिन्छ’ देउवाको पारिवारिक स्रोतले ज्योतिषीवाणी उद्धृत गर्दै भन्यो–‘फागुन ४ गते वालुवाटार सरेको ८ महिना पुगेर ९ महिना लाग्ने भएको र ९ महिनामा बसाइ सर्नु अनुचित हुने भएकाले ४ फागुनमै सर्न सुझाव आएको छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।