0 COMMENTS

दाङ, २२ माघ०७४/ यहाँ एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।तुलसीपुरमा चिया बेच्दै आउनुभएका कमल हलवाइले मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ । दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

“दैनिक रु दुई हजारभन्दा बढी कमाइ हुन्छ,” हलवाइले भन्नुभयो । बजारको पसल पसलमा तथा सडकमा उहाँले कालो चिया बिक्री गर्दै आउनुभएको छ । उहाँले रु १० को दरले चिया बेच्दै आउनुभएको छ ।

चिया पकाउन स्टोप, पकाउने भाँडा र गिलास साथैमा लिएर साँझ बिहान तुलसीपुर बजारका विभिन्न गल्लीमा हलवाइले ग्राहकलाई चिया बिक्री गर्नुहुन्छ । बाटोमा चिया बेच्दै गरेका हलवाइले कागती, मरिच, चियापत्ति, चिनी र गिलासमा रकम खर्च हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।