0 COMMENTS

सिन्धुपाल्चोक२१माघ०७४/ सिन्धुपाल्चोककी सुष्मा तामाङ नाम परिवर्तन आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि बिहीबार निकै खुसी भइन् ।

उनी आफैंलाई त स्वदेश फिर्न समस्या थिएन । तर, साथमा छोरो पनि भएपछि फर्कन सकिरहेकी थिइनन् ।‘नचाहँदा नचाहँदै बच्चा जन्मिहाल्यो । कोखबाट जन्मिसकेपछि माया लाग्दोरहेछ,’ कुवेतस्थित मंगापमा बस्दै आएकी सुष्माले कान्तिपुरलाई फोनमा भनिन्, ‘अरूको जिम्मा लगाउन सकिनँ । आफैं लिएर जान्छु । कर्म दिलाउँछु ।’

उनी ८ वर्षअघि घरेलु कामदार हाउसमेडका रूपमा कुवेत पुगेकी थिइन् । घरभित्रको काम सहज थिएन । दैनिक यातना सहनुपथ्र्यो । जसोतसो भागेर निस्कँदा नवलपरासीका एक युवकसँग सम्पर्क भयो । ‘हामीसँगै बस्न थाल्यौं ।

मलाई आश्रय चाहिएको थियो । उसले आश्रय दियो । सँगै बस्दै गएपछि मायाप्रेम बस्यो । बच्चा पनि जन्मियो,’ उनले भने, ‘उसले नेपाल गइसकेपछि साथ देला वा नदेला भन्न सक्दिनँ । उसको आफ्नै संसार छ । तर, मेरो संसार अब यही छोरो हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।