0 COMMENTS

धुलिखेल, २० माघ ०७४/ पूर्व स्वाथ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल रेडक्रस सोसाइटी खरिबोट उपशाखा, लायन्स क्लब अफ काभ्रे शाखा र ब्लड डोनर्स एशोसिएसन नेपाल काभ्रे शाखाको संयुक्त आयोजनामा भएको रक्तदाताको सम्मान कार्यक्रममा बोल्दै उहाँले दान गर्नेले निःशुल्क रुपमा गरेको हुँदा पाउनेले पनि निःशुल्क रुपमा पाउने व्यवस्था गनुपर्ने बताउनुभयो । त्यसका लागि रगत सुरक्षित गर्ने, गुणस्तर र व्यवस्थित गर्ने काममा लाग्ने खर्चका लागि रेडक्रस र मन्त्रालयले विकल्प खोज्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

“मैले स्वास्थ्य मन्त्री हुँदा त्यस विषयमा रेडक्रससँग छलफलको प्रक्रिया अगाडि बढाइसकेको थिएँ, आशा छ अब बन्ने नयाँ सरकारले पनि त्यस विषयमा छलफल अगाडि बढाएर नयाँ नीति ल्याउनेछ”, थापाले भन्नुभयो ।

सो अवसरमा उहाँले प्रत्येक नागरिकले स्वास्थ्य बिमा गर्ने व्यवस्थालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । “आफ्नो वार्षिक आम्दानीको आधारमा स्वास्थ्य बिमा गर्ने र आम्दानी नै नभएकाहरुका लागि सरकारले नै स्वास्थ्य बिमा गर्ने व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा रक्त सञ्चार केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले अहिलेसम्ममा दुई लाख ३० हजारभन्दा बढीले रक्तदान गरिसकेको बताउनुभयो । “अब हाम्रो देशमा कृत्रिम रगत छैन, रक्तदाता देशैँभरि भएकाले रगतको अभावमा कृत्रिम रगत खोज्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

सो अवसरमा उहाँले कुल रक्तदाता संख्याको १५ प्रतिशतमात्रै रक्तदाता महिला भएकाले त्यसलाई बढाएर यस वर्षमा ३० प्रतिशत पु¥याउने अभियान चलाइरहेको बताउनुभएको छ ।

कार्यक्रममा ५० पटकभन्दा बढी रक्तदान गर्ने काभ्रेका १० जना रक्तदातालाई सम्मान गरी बाजागाजासहित बनेपा नगर परिक्रमा गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।