0 COMMENTS

ललितपुर १९माघ०७४/ पाटन अस्पतालका विभागीय प्रमुख डा। ऋतु बराल र ल्याब इन्चार्ज चतुरनारायण चौधरीको मनोमानीका कारण ल्याबको अवस्था अस्तव्यस्त बनेको पाइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण भइसक्दा पनि कार्यप्रकृतिको आधारमा ल्याबमा विभिन्न शाखाहरु खोलिएका छैनन् । यसप्रति कर्मचारीहरुले लामो समयदेखि असन्तुष्टि प्रकट गर्दै आएका छन् । स्वास्थ्य निर्देशिका अनुसार ल्याब भित्र विभिन्न सेक्सन छुट्याएर ईन्चार्ज नियुक्ति गर्नुपर्ने प्रावधान रहेको छ । ल्याब विभागका प्रमुख बरालले सो निर्देशिकामा रहेको प्रावधानलाई लत्याउँदै आएको पनि एक कर्मचारीले बताए ।

दिनानुदिन अस्तव्यस्त बन्दै गएको ल्याबको अवस्थामा बारे ध्यानाकर्षण गराउँदा समस्या समाधान गर्नुको साटो प्रमुख बराल र ल्याब इन्चार्ज चौधरीले उल्टै धम्क्याउने गरेको कर्मचारीहरु बताउँछन् । केही दिन अघि मात्रै इन्जार्ज चौधरीले एक कर्मचारीमाथि कुटपिट समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।