0 COMMENTS

काठमाडौंँ, १८ माघ ०७४/आगामी चैत १८ देखि इजिप्टमा आयोजना हुने अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’ मा नेपालबाट मौनता लामाले प्रतिनिधित्व गर्ने हुनुभएको छ ।

मिस इकोका लागि अधिकारप्राप्त संस्था ग्रिन आर्ट मिडियाका प्रमुख कार्यकारी अधिकृत प्रवीण लाकौलले लामाले विश्वका ८० राष्ट्रका सुन्दरीसँग प्रतिस्पर्धा गर्ने जानकारी आज यहाँ आयोजित कार्यक्रममा दिनुभयो । कार्यक्रममा लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’ को ताज गत वर्षकी नेपालकी विजेता रोनाली अमात्यले पहिराउनुभएको थियो ।
यसअघि सो प्रतियोगितामा प्रिन्सा श्रेष्ठ, नग्मा श्रेष्ठ र अमात्यले सहभागिता जनाइसक्नुभएको छ । पर्यटन र सुन्दरतासम्बन्धी प्रतियोगिताका विभिन्न प्रारम्भिक चरणको छनोटपछि लामा यस वर्षको ताज पहिरिन सफल हुनुभएको हो । कपन बस्ने १८ वर्षीया लामा विज्ञान विषय लिएर दश जोड दुईमा अध्ययनरत हुनुहुन्छ ।
लामाले आफूले नेपालको सांस्कृतिक पहिरन लिएर सांस्कृतिक र पर्यटकीय स्थानको पहिचान लिएर प्रतियोगितामा सहभागिता जनाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।