0 COMMENTS

नेपालगञ्ज, १८ माघ ०७४/नेपालगञ्जबाट भारतको लखनउ जाँदै गरेको जीप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भारत बहराइच जिल्लाको रिसिया सडकखण्डमा भएको सो दुर्घटनामा परी नेपालगञ्जका मुनब्बर हल्वाई र टीकापुरका रोशन शाहको मृत्यु भएको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो ।

युपी ४० एक्स ६८१४ भारतीय नम्बर प्लेटको महेन्द्रा जीप आज बिहान सोही स्थानमा रोकिराखेको युपी २१ ए एन ७०६२ नंको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा नेपालगञ्जका इब्राहिम हल्वाई तथा काठमाडौँका संग्राम शाह र अमुन खड्का गम्भीर घाइते भएका छन् । घाइतेमध्ये इब्राहिमको भारतको लखनउमा तथा शाह र खड्काको बहराइचस्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।