काठमाण्डाै१७ माघ,०७४/ग्रहणको बेला कुन राशिलाई कस्तो असर पर्छ भनेर सोधीखोजी गर्नेहरु धेरै हुन्छन् । जिज्ञासा राख्नेहरुको भावनालाई बुझेर पात्रोमा पनि ग्रहणको फल उल्लेख गरिएको हुन्छ ।
शास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरूले मात्र हेर्न हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । तर यी राशि भएकाहरूले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन ।
समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्