0 COMMENTS

नवलपरासी, १७ माघ ०७४/ शहीद क्याप्टेन लखन थापा मगरको स्मृतिमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) कावासोती–१ हात्तीखोरमा रहेको पोखरीताल पिक्निकस्थलमा शालिक निर्माण कार्य शुरु गरिएको छ ।

शहीद दिवसका अवसरमा मंगलबार आयोजित एक कार्यक्रमबीच शालिकको शिलान्यास गरिएको हो । लखन थापामगर शालिक निर्माण मूल समितिका संयोजक एवं प्रदेश सभा सदस्य रोशनबहादुर गाहाको संयोजकत्वमा शालिक निर्माणका लागि शिलान्यास गरिएको थियो ।

शालिक निर्माण समितिका संयोजक एवं प्रदश सभा सदस्य गाहाले प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यान आहुति दिने सम्पूर्ण शहीदलाई राष्ट्रले यथोचित सम्मान गर्न नसकेको गुनासो गर्नुहुँदै शहिदको बलिदानका कारण आज यस देशमा प्रजातन्त्र, लोकतन्त्र हँुदै गणतन्त्र स्थापना हुन सफल भएको बताउनुभयो ।

यसैगरी, सांसद गाहाले नेपाली जनतालाई न्यायको पाटोमा उभ्याउनका लागि र देश परिवर्तनका लागि प्रथम शहीद लखन थापाको योगदान सबैलाइ स्मरणीय रहोस् भन्ने उद्देश्यसहित प्रथम शहीद लखन थापा मगरको शालिक निर्माण गर्न लागिएको बताउनुभयो ।

महाराजा सामुदायिक वनअन्तर्गत रहेको पोखरीताल पिक्निक स्पटमा निर्माण गर्न लागिएको प्रथम शहीद लखन थापाको शालिक एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएकोसमेत संयोजक गाहाले जानकारी दिनुभयो ।

शहीद लखन थापा मगरको जन्म विसं १८९१ मा हालको गोरखा जिल्ला, बुङकोट–४ को काहुले भङ्गार (भञ्ज्याङ) मा भएको थियो । १९३३ फागुन २ गते उनलाई जंगबहादुर राणाले मृत्युदण्ड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।