0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ्१६ माघ०७४/ विगतको चिति गा. वि. स. र हालकाे बेसिशहर नगरपालिका – ११ चिति साहित्य समाजकाे साताैं वार्षिकोत्सब तथा तेस्रो साधारणसभा भव्य रुपमा सम्पन्न भएको छ ।

चिति तिलाहारकाे जनकल्याण उ. मा. वि. काे प्राङ्गणमा उत्साहजनक तरिकाले गजल विद्यामा प्रथम विद्यावारिधि गर्नुभएका गजल शिरोमणि श्री घनश्याम ” परिश्रमी ” काे प्रमुख अातिथ्यतामा उक्त कार्यक्रम अायाेजना गरिएको थियोे । कार्यक्रममा प्रमुख अतिथि परिश्रमीले  सानाे  गजल बाचन सहीत  अाफ्ना भनाइहरू प्रस्तुत गर्नु भयाे ।

” म राष्ट्रभित्र सम्पदा सजाउछु
म राष्ट्रवादकाे ध्वजा उठाउछु
तिमी विदेशीयाै कता कता पुग्याै
स्वदेश भित्रनै मजा म पाउछु ” घनश्याम परिश्रमी ।

वाहाले गजलले माया पीरतिका विषय हरु मात्रै नभएर समग्र समाज र देशको यथार्थ वस्तुस्थितिकाे चित्रण गर्न सक्ने वताउनुभयाे । विगतमा गजलकाे परिधि साँघुरो भएपनि अहिले ज्यादै फराकिलो छ । गजल कसरी लेख्नुपर्छ र गजल कस्तो हुनुपर्छ भन्ने विषयमा उहाँले प्रशिक्षण समेत दिनुभएको थियोे ।

साहित्यले मानव जिवनमा सुख शान्त र अानन्द प्राप्त हुने भन्दै साहित्य विनाको मानव जीवन कठाेर हुने वताउनुभयाे । प्रमुख अतिथिले देशभक्तिका गजलले सम्पूर्ण उपस्थित स्रोताहरु लाई देशभक्तिकाे भावना काे उर्जा थपेको देखिन्थ्यो । अतिथि द्वय धर्मेन्द्र भट्टराई र शान्त बस्नेत ले पनि अाफ्ना गजल प्रस्तुत गर्नुभएको थियो ।

चिति साहित्य समाजका संरक्षक विशेष अतिथि साहित्यकार गाेविन्द बाबू तिवारीले चिति साहित्य समाजले भाषा साहित्य र धार्मिक कार्य मा महत्त्वपूर्ण भुमिका खेलेको नेपाली माैलिकता संरक्षणकाे लागि थप जिम्मेवार भएर लाग्नुपर्ने वताउनुभयाे । चिति साहित्य समाजकाे विशेष कार्यक्रम मा राष्ट्रकै महत्त्वपूर्ण ब्यक्तिहरुकाे उपस्थित हुने गरेकोले याे चितिकाे लागि गाैरव काे विषय हाे । साताैं वार्षिकोत्सब सम्म अाउदा साहित्य समाजे धेरै महत्त्वपूर्ण सकारात्मक कामहरु गरेकोले अागामि दिनमा अझै सक्रियता वढाउनुपर्ने धारणा थियोे ।

कार्यक्रममा सम्पूर्ण अाजिवन सदस्यहरु लाई रुद्राक्षकाे मालाले सम्मान गरिएको थियाे भने राम्रो गजल प्रस्तुत गर्ने गजलकार हरु विद्यार्थीहरु लाई समेत सम्मान गरिएको थियाे कार्यक्रम चिति साहित्य समाजका अध्यक्ष रुद्रनिधि तिवारीकाे सभापतित्वमा भएको थियो भने कार्यक्रमकाे संचालन समाजका सचिव स्थिर घिमिरेले गर्नुभएको थियो ।
त्यस्तै चिति साहित्य समाजकाे पुरानाे समिति विघटन गरि तेस्रो साधारण सभाबाट स्थिर घिमिरेलेकाे अध्यक्षतामा पछि दुई सदस्य थप गर्ने गरि हाललाई ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।
जसमा 

अध्यक्ष – स्थिर घिमिरे
उपाध्यक्ष – रमेश बाबू विष्ट
सचिव – सुचना सिलवाल
काेषाधक्ष – सुक्ष्मा श्रेष्ठ
सहसचिव – ज्ञानेन्द्र अाले मगर
सदस्यहरुमा –
बिस्नुप्रसाद रेग्मी
नेत्र बहादुर कुताल
हरिकृष्ण तिवारी
रघुविर श्रेष्ठ
नवीन परियार
अर्जुन पाण्डे
रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।