0 COMMENTS

काठमाडौं१६माघ०७४/दरबारमार्गको ल्याण्डमार्क होटलमा बिहीबार भएको सामुहिक बलात्कारको घटनालाइ सामान्य मिलापत्रमा मिलाइएकोकुरा सार्वजनिक भएको छ । बलात्कृत युवतीको उजुरी लिन अस्वीकार गर्दै मिलापत्र गरायकाे भन्दै  नेपाल प्रहरीका अधिकारीहरु नै छानबिनमा तानिएका छन् ।

काठमाडौंको ल्याण्डमार्क होटलमा गत बिहीबार साथीसँगै गएकी एक युवतीलाई ३ जनाले सामुहिक बलात्कार गरेका थिए । बलात्कारलगत्तै युवती उजुरी लिएर महानगरीय प्रहरी वृत्त दरबार मार्ग पुगे पनि प्रहरीले मिलापत्र गराएको थियो । युवतीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी तीलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीले दबाब दिएर मिल्न लगाएका थिए ।

सामान्य मिलापत्रमा बलात्कारजस्तो मामला मिलाइएको सार्वजनिक भएसँगै महानगरीय प्रहरी परिसरले डीएसपी भारती र इन्सपेक्टर ठकुरीमाथि छानबिन थालेको हो ।एसपी रामदत्त जोशीको संयोजकत्वमा गठित समितिले यसबारे छानबिन थालेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।