0 COMMENTS

बाग्लुङ १६माघ०७४/जैमिनी नगरपालिका–१ कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरी अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रुपमै सुत्केरी भइन् ।

सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो । सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन। पछिल्लो दिन झन बढी पीडा हुन थाल्यो ।

‘सुत्केरी हुँदाको घाउ निको हुँदै जानुपर्ने बेला सहिनसक्नु पीडा हुन थाल्यो’, उनले अन्नपूर्णसँग भनेकी छन्, ‘त्यो दुखाईबारे नजिकका साथी र परिवारका सदस्यलाई सुनाउँदा उल्टै जिस्काए, पीडा त भइहाल्छ नि । अलि–अलि दुखाइ पनि सहन नसक्ने भने ।’

अस्पताल गएर डाक्टरसँग परामर्श गर्दा पनि उनलाई औषधि दिएर पठाइयो । पीडा घट्नुको साटो बढ्दै गयो ।

उनको गुप्तांग भित्र प्याड राखेर टाँका लगाइएको रहेछ । त्यो प्याड सुत्केरी भएको १२ औं दिनमा मात्र निकालिएको छ । यो खबर अन्नपुर्ण पोष्टले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।