0 COMMENTS

 बिवाह भइसकेपछि श्रीमान–श्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तुलित राख्नको लागि संधै सचेत हुनुपर्छ ।पतिपत्नी बीच कहिलेकाहीँ झगडा त भइहाल्छ तर त्यही झगडाको कुरा अरु तेस्रो व्यक्तिलाई सुनाउँदा त्यसले समस्या सुल्झने भन्दा पनि बिग्रने खतरा बढी हुन्छ ।

त्यसैले विवाहित पतिपत्नीले आफ्नो व्यक्तिगत सम्बन्धका बारेमा तेस्रो व्यक्ति वा आफ्नो अति नै नजिक साथीसँग पनि त्यस्ता केही कुराहरु सेयर गर्नुहुँदैन जसले तपाइँको वैवाहिक जीवन नै पूर्णरुपमा बिगारिदिन सक्छ ।

आफ्नो सम्बन्धका बारेमा खुल्ला रुपमा साथीहरुसँग कुरा गर्नु र व्यक्तिगत कुरालाई सामाजिक सञ्जालहरुमा स्टाटस हाल्नु वैवाहिक जीवनमा नोक्शानी पु–याउन सक्छ ।

पतिपत्नी बीच कतिपय कुराहरु नितान्त व्यक्तिगत हुने गर्छ जुन कुरा तपाइँले जानीकन वा नजानीकन साथीहरुसँग सेयर गरिरहेको हुनसक्छ । त्यसले तपाइँको सम्बन्धमा टकराव पर्ने वा अन्य तेस्रो व्यक्तिले अनावश्यक लाभ उठाउने अवसर पनि मिल्दछ ।

तपाइँको व्यक्तिगत जीवनको कुरा सार्वजनिक स्थलमा छलफल हुनु वा सामाजिक सञ्जालमा मजाकको विषय बन्नु तपाइँ आफैलाई घाटा हो ।

त्यसैले यस्ता कुरामा बडो चनाखो हुनुपर्दछ । थाहा पाउनुस् ५ यस्ता कुरा जुन पतिपत्नीले अन्य साथीहरुसँग सेयर गर्न मिल्दैन ।

१.बेडरुमको कुरा

तपाइँको जति मिल्ने साथी भएपनि बेडरुमको कुरा कहिल्यै अरुसाथीहरुसँग सेयर नगर्नु । यो तपाइँको व्यक्तिगत कुरा हो ।
तपाइँको बेडरुमको कुरा अन्य व्यक्तिले चासो रुपमा त सुन्लान् तर तपाइँकै पछाडी उसले जोकको रुपमा अन्य साथीहरुलाई पनि सुनाउन सक्छन् ।

त्यसरी तपाइँको बेडरुम भित्रको कुरा एक दुई हुँदै धेरै मान्छेको कानमा पर्न सक्छ । यदि यस्तो कुरा तपाइँको पति वा पत्नीले थाहा पाउनुभयो भने उनको मनमा नराम्रो असर पर्नसक्छ । र, तपाइँको बेडरुमको कुरा अरुको लागि खिल्ली उडाउने माध्यम बन्छ ।

२.पतिपत्नी बीचको झगडा

पतिपत्नी बीच कहिलेकाहीँ झगडा हुन सक्छ । भनिन्छ नि पतिपत्नी बीचको झगडा परालको आगो हो । यो एकछिन बल्छ र चाँडै निभ्छ । तर यही कुरा अरुले थाहा पाउँदा दुइबीचको झगडा झन सल्किन सक्छ ।

त्यसैले कोही साथीको सहानुभूति पाउने मनशायले वा दुःख सेयर गर्ने ठानेर कहिल्यै पनि आफ्ना साथीहरुसँग घरको झगडाको कुरा सेयर गर्नु हुँदैन ।

यसले तपाइँको पार्टनर अरुको नजरमा तल खस्छ । र, उनको चरित्र वा व्यवहारमाथि अनावश्यक औंला उठाउन सक्छन् । लामोसमयसम्म पनि त्यही नराम्रो चरित्रका रुपमा अरुसाथीमाझ चिनिन पुग्छ ।

३.आर्थिक अवस्थाका कुरा

पति वा पत्नीले एक अर्काको कमाई वा आर्थिक अवस्थाका बारेमा अन्य साथीहरुसँग सेयर गर्नुहुँदैन । दुःख,सुखको कुरा पतिपत्नी बीच मात्रै राख्नु पर्छ ।
मेरो श्रीमानको कमाई राम्रो छैन् वा मेरो श्रीमतीले राम्रो कमाई गर्न सक्दैनन् भनि अरुलाई सुनाउँदा उनीहरुले तपाइँको आर्थिक हैसियत जान्ने मौका पाउँछन् । र , तपाइँलाई उनले सजिलै नजरअन्दाज गर्नसक्छन् ।

४.नकारात्मक कुरा

आफ्नो सम्बन्धमा आएको झगडाको कुरा वा कमजोरीका कुरा साथीहरुसँग सेयर गर्नुहुँदैन । यसरी नकारात्मक कुराहरु मात्र साथीहरुसँग सेयर गर्दा साथीभाईमाझ तपाइँको छवि राम्रो बन्दैन । तपाइँको सम्बन्ध बिग्रेको ठानेर अरु साथीहरुले तपाइँको सम्बन्ध सुमधुर बनाउनु भन्दा डिभोर्स तर्फ लाग्ने सल्लाह पनि दिन सक्छन् । जुन तपाइँको वैवाहिक जीवनमा घातक सिद्ध हुनसक्छ ।

५.पूरानो सम्बन्धको बारेमा कुरा

पति वा पत्नी दुबैले आफ्नो विवाहित साथीको पूरानो सम्बन्धका बारेमा कसैसँग कुरा गर्नुहुँदैन । तपाइँका साथीहरु तपाइँको शुभचिन्तक मात्र हुनसक्छ भन्ने छैन,उनीहरु तपाइँको पूरानो सम्बन्धको बारेमा थाहा पाउँदा इमोशनल ब्ल्याकमेल गर्ने खतरा समेत हुनसक्छ । जुन तपाइँको वैवाहिक सम्बन्धलाई बिगार्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।