0 COMMENTS

खाेटाङ१४ माघ०७४/ खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० मा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी पाथेकाकी ८ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टी गरेको छ ।

माघ १० गते राति स्थानीय चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी बालिकालाई बलात्कार पछि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

घट्नापछि पक्राउ परेका स्थानीय १६ वर्षीय जीउधन राईले बलात्कारपछि बालिकाको हत्या गरेर ढाकछोपको प्रयास गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । जीउधनले दिएको बयान, घटनाको प्रकृति र शव परीक्षणपछि जबरजस्ती करणी गरेको पुष्टी भएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

माघ १० गते बिहान बेपत्ता भएकी बालिकाको बलात्कार र हत्यामा संलग्न राईविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यान सम्बन्धी महल अन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।