0 COMMENTS

दुवर्इ,रवि शाही,१४माघ०७४/  नेपालको राष्ट्रिय खेल भलिवल स्वदेशमा मात्र नभयर विदेशमा समेत त्यतिनै लोकप्रय रहेको छ नेपालीहरु माझ  यु ए ई मा पनि धेरै अवसरहरु साथै छुट्टीको समयमा नेपाली समुदायमा आयोजना हुने भलीवल खेलले सम्पुर्ण नेपाली माझ निक्कै रमाईलो र एक आपसमा भेटघाट हुने र भाईचारा वृद्दी गर्नु ठुलो मद्दत मिल्नु संगै याे खेलमार्फत प्रवाशमा रहेका खेलाडीहरु आफ्नो खेल कौशलता प्रदर्शन गर्ने सुनौलो मौका र खेलजीवनलाई जीवन्त राख्न मद्त पुराऊछ ।

नेपाल भलिवल क्लब यु ए र्इ को आयोजनमा हिजाे मिती २६ जनवरी २०१८ मा दुवई स्थित अलकुज वलीदीया खेलमैदानमा यु ए ई का १६ समुहले सहभागीता जनाएका थिए । साे खेलमा नेपालीहरकाे आ-आफ्नो समुदाय तथा खेलाडीहरु ले आफ्नो समुहगत क्लवको नाममा सहभागी हुने गर्दछन ।

यसै भलीवल क्लव अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी श्री ईश्वर घमालको अध्यक्षतामा सम्पन्न खेल अन्तराषट्रिय भलिवल महासंघको नियम अनुसार खेलाईयको थियो। समुहगत दुई समुहमा विभाजन गरी दुवै समुह बिजेताकाे  समुह प्रथमले अन्तीम फाईनल खेलेका थिए। यसरी विभाजीत ८ समुहमा ए समुहको सेमी फाइनल मोना यु ए ई का विरुद्द सोनापुर विच भयकोमा मोना यु ए ई विजय हुदै फाईनलमा आफ्नो ठाऊ वनाउन सफल भयको थियो। त्यस्तै बी समुहमा भने सम्पुर्ण टीमहरु नै अव्वल भयको हुदा फाईनल कस्ले जीत्छ भन्ने यसै भनिरहन सकीने अवस्था थिएन।

नेपालका पुर्व राष्ट्रिय खेलाडीहरुको वाहुल्यता रहेको आयोजक टीम एन भी सी क्लव नै फाइनलका दावेदार हुनसक्छ भन्ने धेरैमा पुर्वानुमान थियो। त्यस्तै गरी नेपाल स्पोर्टस क्लव जावल अलि, नेपाल स्पोर्टस क्लव साहारजहा संगै आधिखोला टीम पनि यु ए ई का हरेक आयोजना हुने खेलमा सधै राम्रो खेल प्रदर्शन गरी चरणगत अन्तिम यात्रा सम्म पुग्ने नव प्रतिभावान खेलाडीहरुले भरीभराऊ  थीयाे। यस समुहको सुरु देखीकै खेलहरु निक्कै प्रतिस्पर्धा हुदै सेमीफाईनल सम्म सवै खेलहरु उच्च प्रतिस्पर्धामा खेल हुदै गर्दा एन भी सी को कडा प्रतिष्प्रर्धा नेपाल स्पोर्टस क्लव जावल अलि क्लब  विच निक्कै रोमान्चक खेलमा अन्तत्वगत्वा नेपाल स्पोर्टस क्लब जावल अलि क्लब ले सेमीफाईनल मा आफ्नो ठाऊ सुरक्षीत गर्यो भने अर्को खेल नेपाल स्पोर्टस क्लव सारजाहा ले आधीखोला समुहलाई हराऊदै पुन दुवै स्पोर्टस क्लव सेमी फाईनल मा आम्नेसाम्ने वने। यस सेमी फाईनल नै फाईनल सरह दुवै टिमको लागी जीत्नु आफ्नो साख जोगाऊने विषय थियो।
रातीको समय भएपनि दर्शकहरूकाे ठुलो ऊपस्थित संगै आ-आफ्नो टीमलाई जीतको समर्थनका लागि निक्कै हुटींग दिईरहेका थिए। अन्तत्त यस  खेलमा नेपाल स्पोर्टस क्लव जावल अलि विजय हुदै फाईनलमा आफ्नो ठाऊ सुरक्षीत वनाऊन सफल भए।

यसरी फाईनल खेल मोना यु ए ई र नेपाल स्पोर्टस क्लव जावल अलि विच रातको करीव ११:०० पी एम मा सुरु भयको थियो यसमा म्याग्दी वासीका वाक्लो ऊपस्थिती थियो। मोनाको समर्थनमा जसले राम्रै हुटीङगको विच खेल अवधीभर मैदान गर्मागरम वनेको थियो भने हरेक आयोजित खेलमा आफ्नो सामुहीक खेलको र खेलीडीहरुको उत्कृष्ट प्रर्दशनले गर्दा स्पोर्टस क्लव समर्थनमा पनि ऊतिकै दर्शकले साथ दिदै दुवै समुहको विच प्रतिश्प्रधात्मक खेलमा आयोजकःअतिथी तथा समाजीक व्यक्तित्वले खेलको आनन्द लिदै खेलाडीहरुको राम्रो प्रर्दशनको तालीवजाऊदै हौशला दिएका थिए। यहा हुने हरेक खेलमा नेपाली मात्र नभई पाकीस्तान, ईण्डीयन, वंगलादेशी दर्शकहरुको पनि ऊतिकै ऊपस्थिती रहेको हुन्छ।

यस खेलमा सम्पुर्ण रुपमा सहयोग पुराऊनु हुने हामी नेपाली एशोसीयसन ले गरेको थियो भने सहकार्य गर्नु हुने नेपाली चुलो रेष्टुरेण्ट, ट्रान्सफास रिमीटेन्स, फिष्टेल ट्राभल, नेपाली रेष्टुरेण्ट, एभरेष्ट यु ए ई मार्शलआर्ट कल्व, सन एण्ड मुन ट्राभल, सिल्भर स्पोन रेष्टुरेण्ट संगै मिडीयामा डि सी नेपाल जोडीनु भयको थियो।
खेल ऊद्घाटन पुर्व नेपाली राष्ट्रिय गीत संगै प्रमुख अतिथी हामी नेपाली एशोसेशनका भाईस प्रेसीडेण्ट श्री संजय पाण्डे  वाट रेफ्रीहरु प्रेम भण्डारी, प्रेम शाही द्वयको हातमा वल प्रदान गरी गर्नु भयको थियो। यसरी अन्य अतिथीहरु भीम नारायण श्रेष्ठ, वद्री कटुवाल, सुर्य गिरी, नेत्र शर्मा, लोकेन्द्र वम, मनोज कुमार सैंजु, सरोज बस्नेत, हीरा लाल श्रेष्ठ लगयत एन भी सी का सम्पुर्ण पदाधीकारी ज्युहरुको सक्रिय ऊपस्थिती रहेको थियो।

कार्यक्रमको संचालन एन भी सी का अमृत गुरुङगले गर्नु भयको थियो।समापन समारहोमा प्रमुख अतिथी श्री संजय पाण्डे  तथा क्लव अध्यक्ष, अतिथीहरू वाट विजेता खेलाडीहरु लाई प्रमाण पत्र, मेडल र रनिङग शील्ड साथै शील्ड प्रदान गर्नु हुदै आफुले यस प्रकारको सहयोग गरी वास्तविक प्रवाशमा सानो आयगरेरपनि यसरी खेलकुदमा लाग्नु नमुना योग्य रहेको र वास्तवमै गरीयको सहयोग प्रत्येक्ष पुरस्कार स्वरुप खेलाडीले प्राप्त गर्नु सन्तुष्टको विषय हो र यस प्रकारको सभ्य भव्य खेल आयोजना गर्नु सफल एन भी सी कल्व परिवारमा हार्दीक कृतज्ञता व्यक्त गर्नु भयको थियो।

यसै गरी ट्रान्सफास रेमीटका काऊन्टी मेनेजर श्री वद्री कटुवाल ज्युले प्रथम हुन सफल खेलाडीहरुलाई गिफ्ट ह्यम्पर समेत प्रदान गर्नु भयको थियो। यस खेलमा सर्वउत्कृष्ट खेलाडी घोषीत हुनु भयकोमा नेपाल स्पोर्टस क्रलव  जावल अलिका खेलाडी गणेश के सी लाई ट्रफीवाट सम्मान गरीयको थियो। त्यसै गरी प्रशीक्षक तथा खेलाडी श्री प्रदीप लामा ज्यु आफ्नो सवै खेलाडीको राम्रो समन्वयमा खेल्न सकेकोमा जीत हात परेको भन्दै खुशी व्यक्त गर्नु भयो र सवै टीम तथा व्यवस्थापक लाई धन्यवाद संगै आयोजक प्रति आभारी सहीत धन्यवाद व्यक्त गर्नुभो। टिम क्याप्टन राजन रानाभाटले सवै खेलाडीको सकरात्मक सोच र मेहनतनै जीतको कडी हो भन्दै रोजगारीको लागि आ-आफ्नो ड्युटीको वावजुद समय निकाली खेलमा सहभागी हुदै यहा सम्मको जीत दिलाऊनु सानो कुरा नभयको भन्दै प्रशंसा गर्नु भयो।

अन्तमा कार्यक्रमको समापन गर्नु हुदै क्लव अध्यक्ष श्री ईशवर घमाल ले यो गौरव पुर्ण नेपाली राष्ट्रिय खेल भलिवललाई प्रवासमा पनि यसरी सवैको मायाँ र पुर्ण सहयोगले सफलपुर्वक समपन्न गराउन लागि पर्नु हुने सम्पुर्ण क्लब सदस्य तथा एन भी सी क्लव परीवरका सम्पुर्ण सद्स्यप्रति हार्दीकता संगै सदा यस्तै सहकार्य गरीरहनु हुन अपील गर्नु भयो। यसरी यो खेललाई पुर्ण सहयोग गर्नु हुने हामी नेपाली एसोशेसन, ट्रासफस रेमीट्, नेपाली चुलो रेष्टुरेण्ट, फिस्टेल ट्राभल, सन एण्ड मुन, शिलभर स्पोन रेष्टुरेण्ट, खेलकुद फाटमा ऊदायीमान एभेरेष्ट यु ए ई स्पोट्रस क्लब लगायत सम्पुर्ण लाई पुन धन्यवाद र ऊहाहरुको व्यवसाय को प्रगति तथा सामाजीक संस्थाले यस्तै सतकार्य गर्दै भलिका दीनहरुमा पनि सहयोगी भुमिकाको दायित्व पुरा गर्दै जानुहुने विश्वासको साथ यस आयोजनमा कुनै कमिकमजोरी भयमा क्षमायचना संगै सुझावको अपेक्क्षा सहीत दोश्रो हामी नेपाली एन भी सी रनिङग कप २०१८ समापनको घोषणा गर्नु भयो। यस खेलमा प्रथम हुने समुहले दिह्राम ३५००।- नगद, मेडल र ट्रफी रनिङग ट्रफी, दित्तीय समुहले दिह्राम २०००।- सथमा शील्ड मेडल प्रदान गरीएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।