0 COMMENTS

काठमाडौँ, १३ माघ ०७४/ नेपाल–भारत मैत्री समाजले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ ।भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा ललितपुरमा आज अपराह्न आयोजित विशेष समारोहमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले संयुक्त रुपमा अभिनन्दन गर्नुभयो ।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राष्ट्रकविले संस्कृतिको उदयदेखि नै नेपाल र भारतबीच सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।

नेपाली भाषा, साहित्यको क्षेत्रमा लामो समयदेखि अनवरत योगदानको कदरस्वरुप ९९ वर्षीय राष्ट्रकविलाई अभिनन्दन गरिएको समाजका अध्यक्ष प्रेम लस्करीले बताउनुभयो ।

सोही समारोहमा त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा जगदीश अग्रवाललाई पनि ‘इन्टरनल मेडिसिन’मा खोज गरेबापत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।