0 COMMENTS

चितवन, १३ माघ ०७४/ डिल्लीबजार कारागारबाट फरार भएका एक अभियुक्तलाई आज साँझ भरतपुरमा प्रहरीले पक्राउ गरेको छ ।

निजलाई भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडि जाँचका क्रममा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार माघ ४ गते डिल्लीबजार कारागारबाट फरार भएका रामेछाप दोरम्बाका २९ वर्षीय टीका थापामगरलाई पक्राउ गरिएको हो ।

ना४७प ५०५२ नंको पल्सर मोटरसाइकलमा आउँदै गरेका उनी र अर्का एक व्यक्तिले प्रहरीलाई देखेपछि फायरिङ गर्दा प्रहरीले छ राउण्ड जवाफी फायरिङ गरेको थियो ।

थापाका अनुसार मोटरसाइकलमा पछाडि बस्ने व्यक्ति भागेका छन् भने चलाउने थापामगर पक्राउ परेका हुन् । थापामगरको हात र तिघ्रामा गोली लागेको उहाँले बताउनुभयो । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

फरार अभियुक्त आउँदै गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको अपराध महाशाखा र जिल्लाको टोलीसँग साँझ ५ः१० बजे मुठभेड भएको थापाले बताउनुभयो । उनको साथबाट एक थान कटुवा पेस्तोल र खुकुरी बरामद गरिएको छ । निज लुटपाट र चोरी डकैतीका दर्जनौँ मुद्दामा कारागार परेका थिए

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।