0 COMMENTS

काठमाडौं११ माघ, २०७४/बदलिएको नेपाली समाजको चरित्र र आवश्यकतालाई मध्यनजर गर्दै समाजवादीसाहित्य–कलाको उन्नयन गर्ने उद्देश्यका साथ समाजवादी लेखक सङ्घ, नेपाल गठन भएको छ ।
बिहिबार राजधानीको कोटेश्वरमा भएको भेलाले सङ्घ गठन गरी सामूहिक नेतृत्वका आधारमा सञ्चालन हुने गरी समिति निर्माण गरेको सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिमा उपन्यासकार तथा कवि विष्णु भण्डारी, कवि शकुन्तला जोशी, कवि तथा पत्रकार कला अनुरागी, कवि तथा पत्रकार शैलज पौडेल, रङ्गकर्मी तथा लेखक केदार श्रेष्ठ र कवि छम गुरुङ रहेका छन् । पटक पटकको राजनीतिक सङ्घर्षपछि नेपाली समाज नयाा मोडमा आइपुगेको सङ्घको निष्कर्ष रहेको छ । विज्ञप्तिमा भनिएको छ, ‘राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र स्थापना भएको छ भने नेपाली समाज सामन्तवादबाट पुाजीवादमा रूपान्तरण भएको छ ।

अबको गन्तव्य समाजवाद हो ।’ नेपालको संविधान, २०७२ ले नेपाललाई समाजवादउन्मुख राज्य मानेको र प्रस्तावनामै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने उल्लेख गरे पनि संविधान कार्यान्वयनको जिम्मेवारी लिएका सत्तासीन दलहरूसाग समाजवादी आदर्श, रणनीति, कार्यनीति र कार्ययोजना नदेखिएको सङ्घको विज्ञप्तिमा उल्लेख छ ।

हजारौ जनताको सहादतपछि सत्तामा पुगेको कम्युनिष्ट पार्टीको नेतृत्वसमेत समाजवादी सपनाबारे दिग्भ्रमित र दिशाहीन भएको निक्र्यौलमा पुगेको सङ्घले उपभोक्तावादी संस्कृति मौलाउादै जानु तथा स्वदेशी पुाजी र अर्थतन्त्रको ठाउामा दलाल पूाजीलाई निर्धक्क प्रवेश र प्रश्रय दिइनुलाई चिन्ताको बिषय मानेको छ । त्यसले गर्दा पछिल्लो समय भूमण्डलीकृत पूाजीवादको स्वरूपमा देखा परेको साम्राज्यवादले खुल्ला मैदान पाएको सङ्घको बुझाइ छ ।

पछिल्लो राजनीतिक विकासक्रमले नेपाली समाज सङ्घर्षको नयाा चरणमा धकेलिएको विष्लेषण गर्दै दलाल पुाजीवाद र साम्राज्यवादसाग सङ्घर्ष गर्दै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नु अबको कार्यभार भएको सङ्घले जारी विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त कार्यभार पूरा गर्ने आन्दोलनको उठान र विकासमा प्रतिबद्ध हुादै माक्र्सवादी विश्वदृष्टिकोणमा आधारित समाजवादी साहित्य–कलाको उन्नयन गर्ने उद्देश्यका साथ समाजवादी लेखक सङ्घ, नेपाल स्थापना गरिएको सङ्घले घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।