0 COMMENTS

काठमाडौँ, ११ माघ ०७४/ स्युचाटार तेक्वान्दो डोजोले स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता आफ्ना खेलाडीलाई आज सम्मान गरेको छ ।

डोजोद्वारा आज आयोजित कार्यक्रममा नागर्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेतले दुई प्रशिक्षकसहित १७ जना खेलाडीलाई सम्मान गर्नुभयो ।

सम्मानित हुनेमा स्वर्णपदक विजेता अस्मिता खड्का हुनुहुन्छ । सम्मानस्वरुप उहाँले रु १५ हजार प्राप्त गर्नुभयो । खड्काले अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत भुटान, मलेसिया, भारत र नेपालमा स्वर्णपदक हात पार्नुभएको थियो ।

त्यसैगरी भुटानमा स्वर्ण पदक जित्नुभएकी नमिका मोक्तान पनि सम्मानित हुनुभयो । उहाँले रु १० हजार प्राप्त गर्नुभयो भने मलेसियामा रजतपदक हात पार्नुभएको सुबोध खड्का र हङ्कङमा कास्य पदक जितेकी सञ्जीला तिमल्सिनाले जनही रु पाँच हजार प्राप्त गर्नुभयो ।

दक्षिण कोरियामा भएको ११औँ विश्व तेक्वान्दो कल्चरल एक्सपोको छैटौँ डान ४० वर्षमाथि उमेरसमूहमा रजत जितेका नोर्बु लामा सम्मानित हुँदै रु पाँच हजार प्राप्त गर्नुभयो ।

सम्मानित हुने अन्य खेलाडीमा स्वर्णपदक विजेता अस्मिन राउत, राम गोले, लछुमन गोले, विनिता तामाङ, विकास श्रेष्ठ र मोनिका रम्तेल हुनुहुन्छ भने रजत पदक विजेता अमित शाही र अस्मित रेग्मी तथा कास्य पदक विजेता सफल शाक्य तथा विनिता सिग्देल हुनुहुन्छ ।

प्रशिक्षकमा वीरबहादुर बोम्जन र सरोज बाँस्कोटा सम्मानित हुनुभयो । उहाँहरुले सम्मानपत्र र ट्र्याकसुट प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।