0 COMMENTS

काठमाडौँ, ११ माघ०७४/ व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ ।

आर्थिकरुपमा विपन्न युवालाई परिचान गरी उपत्यकाका चार हजारसहित मुलुकका १६ हजार युवालाई व्यावसायिक तालीम दिन थालिएको परियोजनाका निर्देशक टेकनारायण पाण्डेले जानकारी गराउनुभयो ।

परियोजनाले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई तीन महिनाको उक्त तालीम दिन थालेको हो । “बेरोजगार युवालाई स्वरोजगार बनाउनका लागि तालीम सञ्चालन गर्न थालिएका हौँ” उहाँले भन्नुभयो– “तालीमपश्चात उनीहरुको सीप परीक्षणसमेत गरिने छ ।”

परियोजनाले प्राविधिक शिक्षा तथा तालीम परिषद् (सिटीइभिटी)बाट सम्बन्धन प्राप्त संस्थामार्फत तालीम दिइने छ । इलेक्ट्रसियन, अटोमोबाइल, मोबाइल, भेटनरी, सिलाइकटाइ तथा व्यावसायिक कृषि तालीम प्रदान गर्ने परियोजनाका उपसचिव सुजनराज खनालले बताउनुभयो ।

उहाँले परियोजनाले राष्ट्रियस्तरको पत्रिकामा सूचना निकालेर त्यस्ता समूहका युवालाई तालीमका लागि आह्वान गर्ने बताउनुभयो । सूचना निस्केपछि आफूले चाहेको विषयमा तालीम लिनका लागि दरखास्त दिन सक्ने छन् ।

दरखास्त दिएकालाई गरिबी सूचांकको आधारमा तालीममा समावेश गराइने छ । तालीम यही फागुन महिनादेखि सञ्चालन हुनेछ । एक जनाका लागि रु १८ हजार २०० देखि २२ हजार २०० सम्म खर्च हुने खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।