0 COMMENTS

महेन्द्रनगर, धनुषा, ११ माघ ०७४/ धनुषाको वनमा घाइते अवस्थामा फेला परेको १७ फिट लामो एक अजिङ्गरलाई उद्धार गरिएको छ ।

स्थानीय साझेदारी वनमा घाइते अवस्थामा फेला पारिएको अजिङ्गरलाई जिल्ला वन कार्यालय र मिथिला वाइल्डलाइफ ट्रस्टका पदाधिकारीको संयुक्त टोलीले उद्धार गरेको हो ।

कसैले हिर्काएर बेहोस छोडिदिएको अजिङ्गरलाई मंगलबार ढल्केवरका एक गोठालाले देखी उक्त कार्यालय धनुषालाई खबर गरेपछि बुधबार सहायक वन अधिकृत सुरेश शर्मा र वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलसहितको टोलीले अजिङ्गरको उद्धार गरेको थियो । सत्र फिट लामो र ४० किलो तौल भएको घाइते सो अजिङ्गरको धनुषाधामस्थित संरक्षित वनमा उपचार भइरहेको छ ।

सहायक वन अधिकृत शर्माले भन्नुभयो, “शरीरको विभिन्न भागमा गहिरो चोट देखिएको र शुरुमा मरेकै जस्तो लागे पनि पछि अलिअलि पुच्छर चलाएको देखेर उद्धार गरी उपचार गरिरहेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।