0 COMMENTS

काठमाडौं ११माघ०७४/ राष्ट्रिय सभा सदस्यमा निर्विरोध १७ जना निर्वाचित बनेका छन् । निर्वाचनको लागि मनोनयन दर्ता गर्ने क्रममानै निर्विरोध निर्वाचित बनेका हुन। राष्ट्रियसभाको माघ २४ गते हुने निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार निर्वाचन अधिकृतिको कार्यालयमा पुगेर ८३ जनाले उम्मेदवारी दिएका हुन् ।

प्रदेश नम्बर १ मा ३ महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, माओवादीकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाईको मात्र उम्मेदवारी परेको थियो । यदि दाबी विरोध प्रक्रियाबाट उम्मेदवारी खारेज नभए उनीहरू निर्विरोध निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले बताएको छ ।

प्रदेश नम्बर २ बाट पाँच सदस्य निर्विरोध भएका छन् । खुलातर्फका ३ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

महिला तीन सिटमा माओवादीकी शशिकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला यादवको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै दलित कोटामा फोरमका रामप्रीत पासवान र अल्पसङ्ख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेको छ ।

प्रदेश ३ र ४ मा सबै ८/८ सदस्यका लागि नै मतदान हुने भएको छ । प्रदेश ३ मा ८ सिटका लागि १७ र प्रदेश ४ मा १२ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश ५ बाट राष्ट्रियसभामा तीन महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेकी कोमल बलि, मिना बुढा र कांग्रेसकी अनिता देवकोटाको मात्रै उम्मेदवारी परेको छ ।

प्रदेश ७ बाट भने खुला र महिलातर्फ ३/३ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन् । महिलामा एमालेकी इन्दू कडेरिया विष्ट र कमला ओली, कांग्रेसकी तारादेवी भट्टको मात्रै उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।