0 COMMENTS

काठमाडौँ ११माघ०७४/ फरक–फरक नाम दर्ता गराउँदै विद्यार्थीको भविष्यमाथि पटक–पटक खेलबाड गरिरहेको नेसनल हेल्थ फाउन्डेसनका सञ्चालक शिलाकान्त झालाई जोगाउन सीटीईभीटीको एउटा समूह सक्रिय भएको खबरले सीटीईभीटीप्रति नकारात्मक सन्देश गएको छ ।
डडेल्धुरा हुँदै कारबाहीमा परी काभ्रेपलाञ्चोक आएका झाले नवीकरणका लागि जिम्मेवारी लिएको संस्थाको सञ्चालक समिति नै किर्ते गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयमा फरक–फरक नाममा दर्ता गराई एउटै नाममा नक्कली संस्था खडा गरेर पुनः नुवाकोट टेक्निकल इन्स्टिच्युटका नामबाट विद्यार्थीको रजिस्ट्रेसन गराएका छन् । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने झा र त्यसको सञ्चालकविरुद्ध कारबाहीमा आनाकानी गर्ने सरकारी अधिकारीलाई पनि तत्काल अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज उठिरहेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

कलेजको बदमासीविरुद्ध छनबिन गर्न गठित टोलीले प्रतिवेदन बुझाएको लामो समय भइसक्दासमेत त्यसका बारेमा प्रक्रिया अगाडि नबढाइनु ठगी जोगाउने प्रपञ्च भएको प्रस्ट हुन्छ । कलेज सञ्चालकले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको निष्कर्षसहितको प्रतिवेदन अध्ययन समितिले बुझाइसकेको छ । बनेपामा रहेको नेपाल पोलिटेक्निक स्कुलका प्रिन्सिपल मिस्टरकान्त मैनालीको टोलीले समेत नेसनल हेल्थ फाउन्डेसनले विद्यार्थी ठगी गरेको पुष्टि गरिसकेको छ ।
प्रतिवेदन सीटीईभीटीमा बुझाएपछि शुरु भएको कारबाही प्रक्रिया सुस्त र झारा टार्ने प्रकृतिको छ । सदस्य सचिव पुष्परञ्जन वाग्लेले कारबाही गर्न दिएको निर्देशनसमेत स्तर निर्धारण महाशाखाले अगाडि बढाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।