0 COMMENTS

भक्तपुर, ११ माघ ०७४/भक्तपुरमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।भक्तपुरको जगातीबाट बनेपातर्फ जाँदै गरेको बा ६८ प ४४७१ नं को स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ५९१९ नंको मालबाहक ट्रकले सूर्यविनायक नगरपालिका–९ नलिनचोकमा ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ का ३९ बर्षीय प्रकाश मानन्धरको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते मानन्धरलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा गएराति मृत्युभएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताउनुभयो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।