0 COMMENTS

काठमाडौं १०माघ०७४/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई अनुसन्धानको दायरामा ल्याएको छ ।

शक्तिकेन्द्रको आडमा मनपरी निर्णय गर्दै आएका खड्कालाई निगमको इन्धन भण्डारण जग्गा खरिद अनियमिततामा छानबिन गर्न आयोगमा बोलाएर बयान लिन थालिएको छ ।आपूर्ति मन्त्रालय र संसदीय समितिले अनियमितता भएको ठहर गरिसकेको जग्गा खरिद प्रकरणमा आयोगले खड्कासँग मंगलबार बयान लिएको छ । आजको नागरिकमा दैनिकमा खबर छ ।

जग्गा खरिद अनियमिततामा छानबिन गर्न आरोपित खड्कालाई बोलाएर बयान लिइएको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले बताए । ‘मंगलबार बयान नसकिएपछि बुधबार पनि बोलाएका छौं,’ पाण्डेयले भने, ‘गहिरो अनुसन्धान भएकाले धेरै समय लागेको हो ।’चितवन, भैरहवा, झापा, सर्लाहीमा जग्गा खरिद प्रक्रियामा संलग्न स्थानीय निकायका कर्मचारी, जग्गाधनी, बिचौलिया, जग्गाका सँधियारसँग सोधपुछ र बयान लिएको अख्तियारले निगमका अन्य उच्च अधिकारीसँग पनि सोधपुछ तथा बयान लिइसकेको छ । आयोगले करिब तीन सय जनामाथि विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।