0 COMMENTS

काठमाडौँ१०माघ०७४/ महिलालाई घरेलु कामदारमा पठाउने गरी सरकारले कतार र संयुक्त अरब इमिरेट्स ९युएई० सँग श्रम सम्झौताको प्रक्रिया अघि बढाएको छ ।

यसअघि ती देशसँग भएको श्रम सम्झौतामा महिलालाई घरेलु कामदार पठाउनेबारे उल्लेख नभएका कारण नयाँ श्रम सम्झौता गर्न थालिएको श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार तथा श्रम सहचारी शाखाका प्रमुख शिवराम पोखरेलले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

पछिल्लो समय खाडी मुलुकबाट महिला घरेलु कामदारको माग अधिक आउने गरे पनि पठाउन रोक लगाइएको हुँदा कयौं महिला अवैध बाटो हुँदै खाडी जाने क्रम बढेको छ । यसैबीच, मन्त्रालयले महिलालाई घरेलु कामदारको रुपमा पठाउन सकिने गरी श्रम सम्झौता संशोधन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।