संखुवासभा, ५ माघ०७४ / सभाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सभापोखरी गाउँपालिका–६ बस्ने ३७ वर्षीय राजु राईको बिहीबार राति मृत्यु भएको छ । सभाखोलामा इन्भर्टर प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी बाह्रबिसेले जनाएको छ । प्रहरीले घटनास्थलमा इन्भर्टर, ब्याट्री र माछा मार्ने जाली फेला पारेको छ ।
प्रतिक्रिया दिनुहोस्