राजविराज २माघ २०७४/ माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले सप्तरीमा चिसो र शितलहर पिडित ३ सय विभिन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ।
क्रान्तिकारीले राजविराज नगरपालिकाको वडा नंं १३ को विषहरिया टोलमा १ सय ५० परिवारलाई र तिरहुत गांउपालिकाको लोहजारा टोलका थप १ सय ५० परिवारलाई राहत स्वरुप न्यानो वितरण गरिएको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।
न्यानो वितरण कार्यक्रममा क्रान्तिकारीका पुर्व अध्यक्ष रमेश मल्ल,क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ,उपाध्यक्ष त्रय सुरेन्द्र बस्नेत ,विजय गौतम ,इन्द्र भुषाल , माओवादी केन्द्रका जिल्ला संयोजक अशोककुमार मण्डल ‘अमर’ लगायतको उपस्थिति रहेको थियोे।
कार्यक्रममा प्रत्येक परिवारलाई एक ब्लाङ्कट र एक ज्याकेट दिइएको थियोे। कार्यक्रममा वोल्दै क्रान्तिकारी अध्यक्ष तामाङले भने-‘हामी शितलहरले आक्रान्त परिवारको दु:ख साट्न र सरकारलाई घच्घच्याउन यहाँ आएका हौं।’ तामाङले काठमाडौं फर्किएर सरकारको ध्यानाकर्षण गर्ने वताए।
पिडितलाई दिइएको राहत काठमाडौंका विभिन्न सहयोगीवाट संकलन गरिएको न्यानो संकलन तथा वितरण समितिका संयोजक इन्द्र भुषालले जानकारी दिए।