0 COMMENTS

काठमाडौँ, ३० पुस ०७४/ काठमाडौँ महानगरपालिका–१४ स्थित भुवनेश्वर मन्दिर परिसरमा एक महिलाको शव फेला परेको छ ।

बल्खुस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख अनिरुद्र भुजेलले परिचय नखुलेको अन्दाजी ३५ वर्षकी महिला आज अपराह्न मृत अवस्थामा मन्दिर परिसरमा फेला परेको जानकारी दिँदै उनको शरीरमा चोट देखिएकाले हत्या भएको हुन सक्ने बताउनुभयो ।

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।