0 COMMENTS

काठमाण्डाै,२७ पुस०७४/ प्रदेश नम्बर १ को राजधानी धनकुटालाई घोषणा गर्न माग गर्दै प्रादेसिक राजधानी निर्माण समिति प्रदेश नम्बर १ ले सरकारकाे ध्यानकर्षण गराएको छ ।

समितिले प्रधानमन्त्री निवास बालुवाटार अगाडी साढे दुई घण्टा धर्ना दिइ १ नम्वर प्रदेशको राजधानी धनकुटालाई बनाउनका लागी ध्यानाकर्षण गराएको अभियानका सचिव तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।

प्रदेश नम्वर १ को राजधानी धनकुटालाई बनउन पुस २८ र माघ १ गते पनि धर्ना र घेराउ कार्यक्रम सशक्त ढंगले जारी राख्ने प्रदेश नम्वर १ का सांसद कुसुम कुमारी श्रेष्ठले बताए ।

धर्नाका सहाभागीहरुले धनकुटालाई १ नम्वर प्रदेशको राजधानी घोषणा गरे १ नम्वर प्रदेशमा एकता कायम हुने भएकोले धनकुटालाई राजधानी घोषणा नगरेसम्म सशक्त ढंगले आन्दोलन जारी राख्ने भन्दै त्यसमा सवै सहभागी हुन आग्रह गरेका थिए ।

भौतिक पूर्वाधार ,सार्मथ्य सुरक्षा,सुन्दरताका खानी धनकुटालाई प्रदेश नम्वर १ को राजधानी घोषणा गरी प्रदेश सभाका पहिलो बैठक र प्रदेश प्रमुखको मुकाम धनकुटामानै राख्न निर्णय गर्न माग गरेको अभियानका सदस्य तथा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्व वहादुर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।