0 COMMENTS

काठमाडौँ २७ पौष २०७४/ पृथ्वीनारायण शाहको २९६ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश दिएका छन्।

शुभकामना सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले नयाँ नेपालको सपना देखाउँदै गरिएको राजनीतिकका कारण देशको विशिष्ट पहिचान, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता धमिलो बन्दै गएको बताएका छन्।

सन्देशमा शाहले समाजको समष्टिगत एकता, मौलिक सँस्कृति, धर्म, परम्परा र विशिष्ट पहिचानसहितको देश रहेमात्र नेपालीको पहिचान रहने उल्लेख गरेका छन्।

उनले स्वतन्त्र र सार्वभौम देशका लागि भौगोलिक एवम् सामाजिक एकताको कडीमा नागरिक रहनु पर्नेमा समेत जोड दिएका छन्। सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएकोमा खुशी व्यक्ति गर्दै पूर्व राजा शाहले अब देशमा केही हुने आशाको दियो जागेको समेत बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।