0 COMMENTS

काठमाडौँ, २४ पुस ०७४/ महानगरीय अपराध महाशाखाले ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकलाई आज पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले सिन्धुपाल्चोकका ओसन गिरीलगायत २६ जनालाई कुवेत पठाइदिन्छु भनि प्रलोभनमा पारेर ठगी गरेको आरोपमा ब्लुस्टार ओभरसिजका सञ्चालक राम घिमिरे र सञ्जय उप्रेतीलाई पक्राउ गरेको हो ।

उक्त म्यानपावरले गिरीलगायत २६ जना व्यक्तिलाई कुवेत पठाउने भनी राहदानी र रु १० लाख ६५ हजार लिएको तर विदेश नपठाएको निवेदन महाशाखामा परेपछि महाशाखाले उक्त ओभरसिजमा छापा मारेको हो ।महाशाखाको टोलीले उक्त मेनपावर कम्पनीबाट ३७१ थान राहदानी, भिषा इन्ट्रि रजिष्टर, स्वीकृति नलिएका माग पत्र बरामद गरेको छ । उक्त बरामद कागजातसहित थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।