0 COMMENTS

काठमाडौं२४पुस०७४/ राजधानी नतोकेर प्रदेश संसद्को काम केन्द्रमै अघि बढाउने सरकारको तयारी ‘असंवैधानिक र संघीयताको मर्मविपरीत’ भन्दै आलोचना सुरु भएको छ। सरकारले गृहकार्य अघि बढाएलगत्तै प्रदेश राजधानीको माग गर्दै ठाउँ ठाउँमा आन्दोलन सुरु भएपछि राजधानी नतोकेर प्रदेशका सांसदलाई काठमाडौंमा शपथ खुवाउने, प्रदेश संसद्का केही बैठक काठमाडौंमै गर्ने तयारी सरकारले गरेको खबर अन्नपुर्ण पोस्टले छापेको छ।

संविधानले तोकेको जिम्मेवारी पूरा गर्न नचाहेर सरकारले असंवैधानिक काम गरेको भन्दै विज्ञहरूले विरोध गरेका छन्। संविधानविद् पूर्णमान शाक्य प्रदेश सांसदलाई काठमाडौंमै शपथ खुवाउने कुरा संविधान र संघीयताको भावनाविपरीत हुने तर्क गर्छन्।

‘प्रदेश राजधानी तोक्न सरकार डराउनु हुँदैन’, शाक्य भन्छन्, ‘प्रदेशका सांसदहरूले सम्बन्धित प्रदेशमा शपथ खानुपर्छ र प्रदेशको कार्य सम्बन्धित प्रदेशमै हुनुपर्छ।’ जाने बेलामा ‘अलोकप्रिय’ निर्णय किन गर्ने भन्दै सरकारले प्रदेश राजधानी नतोकेर प्रदेशसभाको काम अघि बढाउन खोजेको विज्ञहरूको आरोप छ।

राष्ट्रियसभा निर्वाचन माघ २४ गते तोकिएका कारण त्यसअगावै प्रदेश प्रमुख नियुक्ति गरी प्रदेश सांसदहरूले शपथ खानुपर्ने बाध्यता छ। प्रदेश सांसदले शपथ नखाई राष्ट्रियसभाको मतदानमा सहभागी हुन नपाउने संविधानविद्हरूको तर्क छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।