मिलन चाम्लीङ,धरान,२३पुस०७४/ धरानमा चिसो बढेसंगै सडक बालबालिकाहरूकाे स्थीती बिजोग भएको छ।एक सरो कपडा र बोरा ओडेर याे पुसकाे रात काट्न बाध्य भएका यि बाल बालीकाहरू चिसाेले कठ्याङ्ग्रीयकाछन । दिउँसो मधुराे घामले गर्दा स्थीति खाश सामान्य भए पनि राति भने समस्या देखिएको छ।धरानमा करीब १५० भन्दा बढी क्रियासिल संघसंस्था रहे पनि कुनै संस्थाले सडक बालबालिका प्रती चासो देखाएको छैन।
नेप्लिज युथ कम्युनिटीका अध्यक्ष लुइस जेम्स राई भन्नुहुन्छ सडक बालबालिकाको लागि पुर्नस्थापनामा ध्यान दिऔ भन्दै केहि सक्रिय संघसंस्था तथा अग्रज, सामाजिक कार्यमा सक्रियता जनाउने ब्यक्तीहरूलाइ जति नै दिए पनि पुग्दाे रहेन छ कतीले त राज्यले गर्ने काम हामीले किन गर्नु? कति जनालाई दिएर खुवाएर सक्नु ? भनेर पन्छिनु भएकाे कुरा बताउनु भयाे ।प्राय घरेलु हिंसामा परेर सडक पेटिमा सांघुरिन बाध्य भएको छन।सडक बालबालिका मध्ये एक सडक बालक भन्छ आफ्नो बाबा बितेपछी घरमा आमाले अर्को बाउ भित्र्याएको घरमा दिनहु कुटपिट हुन थाले पछि घरबाट भागेको कुरा बताए ।
हामीले उक्त बालकलाइ राम्ररी घरमा बस्न पायौं भने घर फर्किन्छौ उस्ले रुदै एक छिन चुप भए अनि उज्यालो अनुहार पारेर नकुटी राख्यो भने,पढ्न,खान दियो भने यहाँ को बसि रहन्छ ?