0 COMMENTS

२१ पौष २०७४/घरमा आफ्नो भाइ र श्रीमतीलाई आपत्तिजनक अवस्थामा भेटेपछि रिसले आगो भएका एक युवकले भाइको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । हत्या गरेर फरार भएका दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

आरोपी युवकले प्रहरीलाई दिएको बयानअनुसार उनले आइतबार आफ्नी श्रमिती र भाइलाई आपत्तिजनक हालतमा भेटेका थिए । यस्तो देखेपछि उनलाई निकै रिस उठ्यो । लगत्ते उनले धारिलो हतियार प्रहार गरेर भाइलाई त्यहीँ मारिदिएर फरार भएका थिए । घटना भारतको गोरखपुरमा भएको हो । यहाँका गुड्डु चौहान नामका युवकको बिहे भएको थियो र उनका भाइ शेरुको बिहे भएको थिएन ।

गएको आइतबार राती गुड्डुले आफ्नी श्रीमती र भाइ शेरुलाई आपत्तिजनक हालतमा भेटेका थिए । यस्तो देखेपछि रिसले आगो भएका गुड्डुले धारिलो हतियार प्रहार गरी शेरुको हत्या गरेर फरार भएका थिए । बुधबार राती प्रहरीले गुड्डुलाई पक्राउ गरेको हो । बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले यसको खुलासा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।