0 COMMENTS

 मिलन चाम्लिङ,धरान २३पुस०७४/ प्रदेश नं १ को राजधानी धरान हुनुपर्ने माग राखेर एकसाता अगाडी देखी शुरूभएकाे रिले अनशन अझै जारीरहेकाे छ भने  हस्ताक्षर सकंलन पनी शुरू गरीएकाे छ ।

गत साता देखि निरन्तर प्रदेश नं १ को राजधानी धरानलाई माग गर्दै धरान उपमहानगरपालिकाको उपमेयर मन्जु भण्डारीको संयोजकत्वमा धरानको १५० भन्दा बढी क्रीयसिल संघसंस्था,बुद्धिजिबि कलाकर्मी,विद्यार्थीहरु एक्यवद्धता भएर धरान भानुचोक स्थित घन्टाघर परिसमा पाल टांगेर रिले अनशन र हस्ताक्षर संकलनमा उत्रिएका छन।

तत्काल उपमेयर मन्जु भण्डारीको टोलि काठमाडौं प्रधानमन्त्री निवास ज्ञापनपत्र बुझाउन काठमाण्डाै मा हुँदा हस्ताक्षर संकलन र रिले अनशनको संयोजकत्व गरि रहनु भएको हिमाल लिम्बू भन्नू हुन्छ ।हामी धरानलाई जहिलेसम्म प्रदेशको राजधानी तोकिदैन तबसम्म हामी आन्दोलनको स्वरुप बदल्दैनाै र यसकालागी विभिन्न चरणको आन्दोलन गर्ने छौ।

धरानमा राजधानी राख्नको लागी पर्याप्त भौतिक पुर्बधारहरु छन स्वास्थ्य केन्द्र,शिक्षा,पर्यटकीय स्थल धार्मिक केन्द्रहरु त्यसकारण धरानलाई प्रदेश नं १को राजधानी बनाउनु पर्छ र जनताको पनि यहि चाहाना भएको हुँदा अहिलेसम्म ७० हजार भन्दा बढीले धरान राजधानी माग गर्दै हस्ताक्षर गर्नु भएको जानकारी दिनु भएको छन।प्रदेशको राजधानी धरानलाई नतोकिएसम्म रिले अनशन जारी राख्ने कडा चेतावनी दिनु भएको छ र उहाँ नै थप्नु हुन्छ हामी अरु जस्तो जनतालाई सास्ती दिएर चक्काजाम,टायर बालेर,ढुंगामुढा गरेर आन्दोलन गर्दैनौं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।