0 COMMENTS

काठमाडौं २३पुस०७४/ गुणस्तर तथा नापतौल विभागले काभ्रेमा रहेका तीनवटा ग्यास उद्योगलाई उत्पादन तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ । विभागका निर्देशक मनोजकुमार उपाध्याय नेतृत्वको टोलीले शुक्रबार मापदण्डविपरीत सञ्चालन गरेको भन्दै सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगमा सिल गरेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

सरकारले ग्यास उद्योगले एनएस ५३३ अनिवार्य गुणस्तर तोकेको छ । तर, ती उद्योगले गुणस्तर कायम नराखेको विभागले जनाएको छ । उद्योग सञ्चालकहरूलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

सगरमाथा ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिन फारम भरेको, तर चिह्न प्राप्त नगरेको उपाध्यायले बताए । सगरमाथाबाहेक अरू ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिन फारमसमेत भरेका छैनन्,’ उनले भने, ‘अब ती ग्यास उद्योगहरूले भरेका सिलिन्डरबाहेक अन्य सिलिन्डर भर्न र उत्पादन एवं बिक्री–वितरण गर्न पाउँदैनन् ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।