0 COMMENTS

काठमाडौँ, २२ पुस ०७४/ गोरखामा आयोजनास्थल रहेको कालिका पावर कम्पनीले स्थानीय बासिन्दाको लागि रु छ करोड बराबरको साधारण शेयर जारी गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले आज कालिका पावरलाई छ लाख कित्ता साधारण शेयर जारी गर्ने अनुमति दिएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार कम्पनीले रु १०० मूल्य अंकित दरको छ लाख कित्ता साधारण शेयर जारी गर्ने छ ।

कम्पनीले साधारण शेयर निष्कासनका लागि काठमाण्डू क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।
गोरखाको दरौदी खोलामा कम्पनीले छ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । स्थानीयवासीलाई साधारण शेयर दिएपछि कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्नेछ ।बोर्डले बिहीबार रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर जारी गर्न स्वीकृति दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।