0 COMMENTS

खोटाङ, २२ पुस०७४/  हलेसीका अग्निपीडितलाई बौद्ध धर्मावलम्बीले राहत बाँडेका छन् ।मंगलबार राति भएको आगलागीमा घरसहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका अग्निपीडित परिवारलाई बौद्धमार्गीले शुक्रबार जनही रु पाँच हजारका साथमा ५० केजी चामल बाँडेका छन् ।
जिल्ला दैवीप्रकोप उद्धार समिति, रेडक्रस, उद्योग वाणिज्य संघ, नगरपालिका, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, नगरपालिकालगायतले राहत तथा बन्दोबस्तीका सामान प्रदान गरिसकेका छन् । अग्निपीडित परिवारको पुनःस्थापनाका लागि नगरपालिकाको अगुवाइमा बुधबारदेखि राहत संकलन शुरु गरिएको हो ।

आगलागीपीडितको सहयोगार्थ काठमाडौँमा पनि राहत संकलन भइरहेको छ । अग्निपीडित परिवार शेरगण मुढे ब्यारेकका नेपाली सेना र सशस्त्र प्रहरी बल हलेसी गुल्मका सशस्त्र प्रहरीले बनाइदिएको अस्थायी टहरामा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।