0 COMMENTS

काठमाडौँ २२पुस ०७४/ चिसो मौसमसँगै उपत्यकालगायत देशभर जाडोको महसुस गरिएको छ ।जाडो बढेसँगै यो बर्ष उपत्यकाको तापक्रम सबैभन्दा कम १.५ डिग्रीसम्म पुगेको छ ।

शुक्रबार भने उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यो बर्ष बिहीबार सबैभन्दा कम तापक्रम मापन गरिएको जनाएको छ ।महाशाखाले चिसो अझै बढ्न सक्ने बताएको छ । आजको गोरखापत्रमा यो खबर छ ।चिसो मौसमका कारण हुने रोगले जनजीवन प्रभावित हुन थालेको छ ।

चिकित्सकले वृद्धवृद्धा तथा बालबालिका जाडो मौसमले बढी प्रभावित हुने भएकाले उनीहरुलाई जाडोबाट बचाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।