0 COMMENTS

काठमाडौँ २२पुस०७४/अस्वस्थताका बाबजुद एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग पार्टी एकता र सरकार नेतृत्वका विषयमा आन्तरिक छलफल तीव्र बनाएका छन्।

आफूनिकट नेताहरूसँग एकताका विभिन्न खाकाबारे मंगलबार र बुधबार छलफल गरेका ओलीले शुक्रबार बिहान वरिष्ठ नेता माधव नेपालसँग एक्लै छलफल गरेका थिए। एकता प्रक्रियामा सबैलाई सहभागी गराउँदा जटिलता देखिने भएपछि माओवादी अध्यक्ष दाहाल र ओलीले मात्र छलफल गरी खाका बनाउने र त्यसमा दुवै पार्टीलाई सहमति गराउने रणनीति लिएका हुन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘दुई नेताबीच गम्भीर छलफल गरेर एकताको खाका आउँछ, एमाले नेता शंकर पोखरेलले अन्नपूर्णसँग भने, ‘६ बुँदे सहमति गर्दा नै शीर्ष नेताले एकताको पहल गर्ने उल्लेख थियो। पार्टीको नेतृत्व र संरचनाबारे टुंगो लागेपछि मात्र एकतालाई तल्लो तहसम्म लैजाने नेताहरू बताउँछन्।

‘फुड पोइजनु का कारण अस्वस्थ ओलीले एकताका अनेक खाकाबारे पार्टी नेताहरूसँग आन्तरिक छलफल तीव्र पारेका छन्। नियमित स्वास्थ्य जाँचका लागि पुस २६ गते बैंकक जान लागेका ओलीले त्यसअगावै एमाले नेताहरूको सुझावका आधारमा दाहालसँग पार्टी एकताका लागि लामो छलफल गर्ने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ।

एमालेको तर्क : सरकारको नेतृत्व ओलीले गर्ने।
ओली र दाहाल सहअध्यक्ष रहने, महाधिवेशनबाट नेतृत्व चयन गर्ने।

माओवादी तर्क : एकले सरकार र अर्कोले पार्टी नेतृत्व लिने
दुवै नेताको सम्मानजनक नेतृत्व स्थापित हुनुपर्ने।

चुनावपछि बधाई दिने र कार्यक्रमको निम्तो दिनेहरूको भीड बढेपछि धपेडी र बाहिरको खानाका कारण ओली बिरामी परेका थिए। उनको सचिवालयका अनुसार बिरामी भएका कारण भेटघाटलाई पूर्णरूपमा बन्द गरिएकाले ओलीले तीन दिनयता पार्टीका केही नेतासँग मात्र बसेर एकताका अनेक सूत्रबारे छलफल गरेका छन्। राति अबेर मात्र सुत्ने गरेका ओली माओवादी अध्यक्ष दाहालसँग नियमित सम्पर्कमा छन्। ‘दुई नेता बसेर एकताको मोडालिटी तयार पारेपछि एकता प्रक्रिया सुरु हुन्छ, नेता पोखरेलले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।