0 COMMENTS

मिलन चाम्लीङ ,धरान २१पुस०७४/ पुर्बको सुन्दर नगरी धरानमा २५ बर्ष पछि फेरी नाट्यकर्मीहरू जुरमुरायकाछन धरान भोटेपुल स्थित सभागृहमा रङ्गभुमी कलालयले रङ्गभुमि कलालयमा नै अभिनय प्रशिक्षण लिएको कलाकारहरुबाट अभीनय गरीयकाे  लिम्बू सस्कृतिमा आधारित नाटक इङघङ(सन्देश ) लाइ नाटक पारखीहरू माझ मञ्चन गर्ने जमर्काे गरेकाे छ । नाटक इङघङ(सन्देश ) लगभग १ घण्टा २० मिनेटको रहेको छ ।

यो नाटक माघ ९ गतेदेखि १५ गतेसम्म मन्चन हुने अायाेजकहरूले जानकारी गराएकाछन। नाटकले रुढीबादी अशिक्षा र छुवाछूतलाई उठाउन खोजेको छ।जब सुब्बा पात्रले सुहाङ्फेमा पात्रसङ्ग बिहे गर्न खोज्छ तब पण्डितले औसिमा जन्मेको भनेर बिहे गर्न रोग लगाउछ । सुहाङ्फेमाको बहिनी साम्फेरिहाम्फेरीको बिहे पनि केमुन्धुमिसङ्ग हुन दिदैन।कथा यहाबाट सुरु भएर पण्डितले बनकाइलाको छोरीलाई पेट बोकाएर डाडा काट्दा नाटक सकिन्छ । नाटकमा अभिनय गर्ने हरेक पात्रले निकै नै मिहिनेत गरेको छ।र नाटकमा बिग्रोल मिलन चाम्लिङ,शंकर थापा,तुलसा थापा,कुमारी राई,हरि लिम्बु,उदिप लिम्बु ,गेबि लिम्बु,प्रेसिका निरौला,दीपेन्द्र सिंह दर्नाल र बिस्णु मोत्तनको अभिनय देख्न सकिन्छ । नाटकको लेखन तथा निर्देशन बिष्णु मोत्तनले गरेको हुन। नाटक माघ ९ गते दिउँसो २बजे बाट मन्चन हुनेछ भने दोस्रो दिन १० गतेबाट हरेक दिउँसो ४ बजेबाट मन्चन हुनेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।