0 COMMENTS

दमक, २० पुस ०७४/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले काँग्रेस नेतृत्वको वर्तमान सरकार जति सक्दो चाँडो नयाँ सरकार निर्माण गर्न चाहेको बताउनुभएको छ ।

झापाको दमकमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो– “काँग्रेसले जतिसक्दो चाँडो नयाँ सरकार निर्माण होस् भन्ने पक्षमा भए पनि कानुनी प्रक्रियाले गर्दा केही विलम्ब देखिएको छ ।”

नेता थापाले संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभाको निर्वाचन नभई नयाँ सरकार गठन नहुने भएकाले केही ढिलाइ हुन पुगेको हो भन्दै कानुनी प्रक्रिया नै नबुझी निर्वाचन आयोगलाई गाली गर्नुको कुनै तुक नहुने बताउनुभयो ।

“कानुनी प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो नयाँ सरकार गठन गर्न तर्फ दलहरु जुट्नुपर्छ,” उहाँले भन्नुभयो ।

फरक प्रसंगमा नेता थापाले निर्वाचनको परिणामले काँग्रेसको पुनःसंरचना गर्नुपर्ने देखिएको बताउँदै जतिसक्दो चाँडो महासमिति बैठक बोलाएर महाधिवेशनको तयारीमा पार्टी लाग्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

काँग्रेसको पहिलो पुस्ताले मुलुकमा धेरै योगदान दिएको स्मरण गर्दै उहाँले अबको महाधिवेशनबाट पार्टीको पुरानो पुस्ता कार्यकारी तहमा आउन नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।