0 COMMENTS

काठमाडौँ, २० पुस ०७४/ भूकम्पबाट क्षतिग्रस्त बूढानीलकण्ठ मन्दिर परिसरको भौतिक संरचना पुनःनिर्माणमा ढिलाइ भएको छ ।

पर्याप्त बजेट विनियो

जन नहुँदा पुनःनिर्माणमा ढिलाइ भएको हो । विसं २०७२ को भूकम्पका कारण मन्दिर परिसरका धर्मशाला, शिव मन्दिर, सरस्वती मन्दिर तथा पर्खाल पूर्णरुपमा क्षति भएको छ । 
पुनःनिर्माणका लागि मन्दिर व्यवस्थापन समितिले रु २० करोड लागत प्रस्तावसहित नगरपालिकामा प्रस्ताव पठाएको भए पनि बजेट निकासा नभएको मन्दिरका मठाधीश स्वामी निगमानन्दले बताउनुभयो ।

बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बजेट निकासा नगरेको हुँदा मन्दिरलाई रकम उपलब्ध गराउन नसकिएको बताउनुभयो ।

बूढानीलकण्ठ मन्दिरमा शेषनागमाथि विष्णुको पूर्ण कदको मूर्ति शयन गरेको देख्न सकिन्छ । उक्त मूर्ति लिच्छवि राजा विष्णु गुप्ताका पालामा विक्रम संवत् ६९७ मा बनेको शिलालेखमा उल्लेख छ ।
बूढानीलकण्ठको प्रस्तरमूर्ति बाइस फिट लम्बा र १२ फिट चौडाको छ । नेपाली प्रस्तरमूर्तिमा यसभन्दा ठूलो अर्काे मूर्ति छ्रैन । नारायण अर्थात् विष्णु क्षीर सागरमा रहेको कल्पना गरिएको सो मूर्ति शेषनागका पाशमा शय्या गरी शेषनागकै एघार शिरबाट सुरक्षित भई शङ्ख, चक्र, गदा र पद्म हातमा बोकेर आनन्द र शान्त स्वरुपमा शयन गरिरहेको देखिन्छ ।
ऐतिहासिक महत्वको उक्त मन्दिरमा काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भतmजन आउने गर्छन् । उतm मन्दिरमा विशेष गरी हरिबोधिनी एकादशी र हरिशयनी एकादशीका दिन विशेष मेला लाग्छ । त्यस समयमा उक्त मन्दिरमा दर्शन गरी मेला भर्नाले पारिवारिक सुख शान्ति तथा समृद्धि प्राप्त हुने जनविश्वास छ ।

मन्दिरमा छाया दर्शनको विशेष महत्व रहेको छ । “सुतेको अवस्थामा रहेका विष्णुको मूर्ति पानीमा हुबहु अवस्थामा देखिन्छ, जुन विज्ञानका लागि चुनौतीको विषय हो”, मठाधीश निगमानन्दले बताउनुभयो ।– प्रकृति पाण्डे र अनामिका फुयाँल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।