0 COMMENTS

काठमाडौं२०पुस०७४/ सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र लाग्ने शुल्क समान भएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

मन्त्रिपरिषद्को पुस १३ को बैठकले अमेरिकी प्रस्तावबमोजिम अध्ययन, कामदार र पत्रकार भिसा शुल्क र अवधिमा एकरूपता कायम गर्ने निर्णय गरेको हो। पर्यटक भिसामा भने थप छलफल गर्नुपर्ने भन्दै एकरूपता कायम हुन सकेन। नेपालस्थित अमेरिकी दूतावासले गत असोज १९ मा अमेरिकी नागरिकप्रति नेपालको नीति समान बनाउन तथा भिसाको किसिम, अवधि र लाग्ने शुल्कमा हेरफेर गरी पर्यटक, अध्ययन, कामदार र पत्रकार भिसाको शुल्क र अवधिमा एकरूपता कायम गर्न परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव गरेको थियो। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले अध्ययन, कामदार र पत्रकार भिसामा दुवै देशबीच समानता कायम गर्ने निर्णय भएको पुष्टी गरे।

मन्त्रिपरिषद्को निर्णय अनुसार दुवै देशले विद्यार्थीका लागि ३ सय ६० अमेरिकी डलरमा पाँच वर्ष ९अध्ययन अवधिभर०का लागि बहुप्रवेशी ९मल्टीपल० अध्ययन भिसा जारी गर्नेछन्। अब दुवै देशका कामदारले १ सय ९० अमेरिकी डलरमा ३ वर्षको बहुप्रवेशी भिसा पाउने छन्। पत्रकारलाई पनि दुवै देशले १ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी भिसा जारी गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।